हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।
सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू(भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ।तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागमा तथा बाँकी प्रदेशको हिमाली भू(भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू(भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू(भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिकृया दिनुहोस