धनगढी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा संयुक्त गठबन्धन दलले २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भ्रष्टाचार नगर्ने संकल्पसहित गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
उक्त प्रतिवद्धता पत्रमा धनगढीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन लगायतका विभिन्न नीति तथा योजनाहरु उल्लेख छन् । धनगढीमा नेपाली काँग्रेसको तर्फबाट नृप बहादुर वडले नगरप्रमुख र माओवादीका तर्फबाट शान्ती कुमारी अधिकारीले उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् ।
यस्तो छ प्रतिवद्धता पत्र:
प्रतिकृया दिनुहोस