धनगढी । धनगढी उपमहानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ । शनिवार बिहान ८ बजेदेखी विभिन्न दलका उम्मेदवार र प्रतिनिधिको उपस्थितिमा बैठक सुरु भएको हो । बैशाख ३० गते शुक्रबार सम्पन्न मतदान कार्यक्रम प्रश्चात मतगणनाका लागि बैठक बसेको हो । शुक्रवार राती १२ बजे उपमहानगरपालिकाको कार्यालयमा मतपेटिका रुजु गर्ने काम सम्पन्न भएको थियो । मत गणनाका विषयमा केही समयमा निर्णय हुने र गणना सुरु हुने जनाईएको छ ।
प्रतिकृया दिनुहोस