पशु सेवा तालिमकेन्द्र कैलालीले ३५ दिने पशुपन्छी औषधी व्यवसाय तालिमको आयोजना गरेको छ । तालिम कैलाली जिल्लाको धनगढी स्थित पशु सेवा तालिमकेन्द्र को सभाहलमा आज बाट भाद्र ५ गते सम्म सञ्चालन हुने भएको हो ।
तालिममा प्रत्यक जिल्लाबाट स्थानीय तहको प्रतिनिधीत्व हुने गरि भटेनरी जेटिए अध्यनगरेका प्रशिषर्थी छनोट गरि तालिम सुरु गरिएको पशु सेवा तालिमकेन्द्रका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताए । उनले भन,े यो तालिम २०६९ पछि पहिलो पटक सञ्चालन हुदै छ तालिमले प्रत्यक दुर दराजबाट आउनु भएका प्रशिक्षार्थीहरु लाई सबल पशुपन्छी औषधी व्यवसायी बन्न टेवा पुग्ने छ, यसका साथै सुदुर पश्चिमका प्रत्यक स्थानीय तहका पशुपन्छी औषधी व्यवसायीले सेवा दिनेछन् ।
साथै तालिम तिन चरणमा सञ्चालन हुने जसमध्य प्रत्यक चरणमा ३० जना प्रशिक्षार्थी रहने पन्तले जानकारी दिए ।
प्रतिकृया दिनुहोस