पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेको थियो ।
पहिरो पन्छाएपछि अहिले दुईतर्फी यातायात सञ्चालन भएको हो । सडक खुलेसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रतिकृया दिनुहोस