पश्चिमी अष्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिंग सहर नजिकै संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ । त्यहाँ प्राचीनकालका समुद्री जनावरका असंख्य अवशेष राखिएको छ जसमा प्लेकोडर्म पनि रहेको छ । माछाको यो वर्ग हाम्रो सुरुवाती बंगारायुक्त पूर्वजको प्रतिनिधित्व गर्दछ ।
प्राचीन समुद्र, नदी तथा तालहरुमा प्लेकोडर्मको राज थियो । यो जीव डेभोनियाई काल (४१ द्येखि ३५ करोड वर्ष पहिले) को सबैभन्दा प्रचूर तथा विविधतायुक्त माछा थियो, जुन पछि लोप भयो ।
प्लेकोडर्मको अध्ययन यस अर्थमा पनि महत्वपूर्ण छ किनकी यसबाट बंगारा र मेरुदण्डको हड्डीयुक्त शारीरिक संरचनाको उत्पत्तिको इतिहासमा पुग्ने मौका मिल्दछ ।
साइन्स पत्रिकामा प्रकाशित एक शोधपत्रमा शोधकर्ताहरुले एक बंगरायुक्त ढाड भएको जनावरको सबैभन्दा पूरानो थ्री डी संरक्षित मुटुको विस्तारपूर्वक अध्ययन गरे । प्लेकोडर्मको उक्त मुटु करीब ३८ करोड वर्ष पूरानो हो ।
गेगो स्टेशनबाट पहिलोपटक सन् १९४० को दशकमा फिट्जराय क्रसिंग्को नजिकै उक्त माछाको जिवावशेष फेला परेको थियो । तर सन् १९६० को दशकसम्म निकै सुन्दर थ्री डी संरक्षण प्रविधिको उपलब्धतासम्म यसको खुलासा हुन सकेन । यस प्रविधिमा हल्का एसिटिक अम्लको प्रयोग गरी हड्डीबाट चट्टानहरु ह्टाइन्छ । उक्त प्लेकोडर्मको जिवाश्ममा मांसपेशीका टुक्राहरु फेला परेका थिए ।
त्यसपछि एक्सरे पद्धतिको प्रयोग गरी सन् २०१० मा प्लेकोडर्मका अन्य मांसपेशीहरु पत्ता लगाइयो जसमा गर्धन तथा पेटका मांसपेशीहरु थिए । त्यसक्रममा शोधकर्ताहरुले डोभेनियाई कालका माछामा कलेजो, पेट तथा आन्द्रा समेत रहेको पत्ता लगाए ।
शोधकर्ताहरुले उक्त माछामा गरेको सबैभन्दा रोचक खोज चाहीँ मुटु थियो । एक्सरे प्रविधिको प्रयोग गरी वैज्ञानिकहरुले प्लेकोडर्मको पहिलो मुटु पत्ता लगाए । त्यसपछि न्युट्रन इमेजिंग प्रविधिको प्रयोग गरी एक छुट्टै नमूनामा अर्को मुटुको पनि खोजी गरे ।
त्यसक्रममा वैज्ञानिकहरुले प्लेकोडर्मको मुटु उसको मुखमा हुने गरेको तथ्य पत्ता लगाएका छन् । त्यसबेला कुनै ढाड भएको जीवको गर्धन यति सानो थियो कि मुटु गर्धनको पछाडि र गिल्सको तल हुन्थ्यो ।
हाल पृथ्वीमा ९९ प्रतिशत ढाड भएका जनावरको सरीरमा बंगारा पाइन्छ । यसबाट थाहा हुन्छ कि बंगरायुक्त ढाड भएका प्राणीमा मुटुलाई अझै अगाडि स्थानान्तरित हुनुमा बंगारा तथा गर्धनको संरचनामा आएको परिवर्तनबाट भएको हो । मुटुको उक्त स्थानान्तरणमा फोक्सोको विकासले पनि भूमिका खेलेको वैज्ञानिकको ठहर छ । एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस