बैतडीमा घर भत्किएर एक किशोरीको मृत्यु भएको छ । सोमबार जिल्लाको पञ्चेश्वर गाउँपालिका—१ लेककी १६ वर्षय पूजा लुहारको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार राति साढे १ बजेतिर घर भत्किएर उनको मृत्यु र घरमा सुतेका अन्य भने सुरक्षित छन् । उनि सोमवार काका को घरमा सुत्न गएकी थिईन् । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किएको पीडित परिवारले जनाएको छ ।
प्रतिकृया दिनुहोस