लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपाल राष्ट्र बैंक घेराउ गर्न बालुवाटार पुगेको छ। विभिन्न माग राखी उनीहरु शनिबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार गएका हुन् ।
करिब आठ-नौसय लघुवित्तपीडितहरु माइतिघरमा जम्म भइ बालुवाटार गएका हुन्। भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले प्रदर्शनसमेत गरेका छन् । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने, अघुवित्तहरु खारेज गर्नुपर्ने, किसानलाई विनाधितो सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राख्दै संघर्ष समितिले प्रदर्शन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस