कैलाली, गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक व्यक्तिले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। ३० वर्षीय राम बहादुर मगरले २७ वर्षीया श्रीमती संजिता मगरसँग विवाद भएपछि बुधबार साँझतिर आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार संजिता मगर घरदेखि करिब ३ घण्टा पैदल दूरीमा रहेको जंगलमा बाख्रा चराउन गएकी बेला उक्त घटना भएको हो। घटना बारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
घटनापछि राम बहादुर मगरले आफूलाई समेत सोही बन्दुकले गोली हानेका थिए। उनलाई गम्भीर घाइते अवस्थामा फेला पारिएको र हाल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रयोग गरिएको भरुवा बन्दुक नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
प्रतिकृया दिनुहोस