कैलालीको खक्रौला नाकामा सशस्त्र प्रहरी र व्यापारीको बिचमा लफडा

छिनोफानो   बिहिबार ०५, चैत २०८२ ०२:३७

धनगढी : कैलालीको खक्रौला नाकामा सशस्त्र प्रहरी र व्यापारीको बिचमा लफडा भएको छ। जिल्लाकोे खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषयमा विवाद भएको हो।

मङ्गलवार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो। बिल बीजक भएकै सामान बरामद गरेर अवैध बनाएर नाकामा बीओपी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलले ज्यादती गरेको भन्दै व्यवसायी आक्रोशित भएका थिए।

टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धीत व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरेको छ। उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको बताउदै आएका थिए।

खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधवार लफडा भएको हो। घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ।

डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ। घटनाको छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु