माओवादीको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

छिनोफानो   शुक्रबार १९, साउन २०८० ०१:१९

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूणर् बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । 

बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखिसकेका छन् । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ । बैठकमा तीन सय ८७ पूणर् र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु