कैलालीको गोदावरी नदीले गोदावरी धाम क्षेत्रमा क्षति पुगेको छ । जिल्लाको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम क्षेत्रमा क्षति पुगेको हो ।
सोमवार रातिदेखि अविरल वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुगेको छ । स्थानीयका अनुसार शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयमा क्षति पुगेको छ । साथै पर्यटनको गन्तव्य बनेको गोदावरी काठे पुलमा पनि क्षति पुगेको छ ।
प्रतिकृया दिनुहोस