कैलालीमा लगातारको वर्षापछि आएको बाढीले नेपाल-भारत सीमा स्तम्भ नै बगाएको छ । सोमबार रातिदेखिको अविरल वर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल-भारत सीमा स्तम्भ बगाएको स्थाीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले मोहना नदीले धनगढी उपमहानगरपालिका ९ को भैंसीघाटमा रहेको एउटा सीमा स्तम्भ बगाएको जानकारी दिए । नेपाल तर्फको ७४८-३ नम्बरको सीमा स्तम्भ बगाएको जोशीले बताए ।
प्रतिकृया दिनुहोस