कैलालीको भजनी नगरपालीका ३ कर्मदेबघाटमा भारतबाट भन्सार छलि ल्याएका खाद्य सामाग्री प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भजनी बाट खटियको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ४ सय ४० रुपैया बराबरको चिनी बिडी,सुर्ती,गुट्का लगायतका सामानहरु रहेको प्रहरीले जनायको छ । सो सामाग्री आवश्यक प्रक्रिया पुर्याई भन्सारमा कार्यालयमा बुझाईने प्रहरीले जनायको छ ।
प्रतिकृया दिनुहोस