मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहने छ भने खुशीका निम्ति केही खर्च हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज व्यक्तिगत कार्यमा सफलता मिल्ने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ ।चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लाभदायक र खुशीको यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउने छ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । आर्थिक लाभ पनि रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुशीका लागि केही धन खर्च भने अवश्य हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान पनि हराउन सक्छ ।
प्रतिकृया दिनुहोस