सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घट्यो

छिनोफानो   बुधबार ०६, फागुन २०८२ १२:१२

काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।

हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु