अछाम, लोक देउडा गायक सागर सुनारको मौलिक देउडा गित अछाम डौठेगडा भाग २ सार्वजनिक भएको छ ।यस यस म्युजिकको प्रस्तुतीमा सुनारले अछामको प्रशिद्ध मेला डौठेगडाको प्रचार प्रसार तथा अछामी भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो ।
अछाम जिल्लाको बान्नीगढी गाउपालीका गाज्रामा जन्मिएका सुनारको आफ्नै स्वरमा रहेको उक्त गितमा सुदुरकी चर्चित गायीका रेखा जोशीले साथ दिएकी छन । लय, शब्द आफनै रहेको छ । बिगत लामो समय प्रबासमा रहेर नेपाली कला सस्कृतीको जर्गेनाका लागी कलाको माध्यम बाट सुनारले आफुलाई परिचित गराउदै आएका छन ।
यस गितको भिडियोमा गायक सुनारल आफैे निर्देशन गरेका छन भने आफैले अभिनय समेत गरेका छन । उनलाई अभिनयमा साथ चर्चित मोडल रोजी कुँवरले दिएकी छन । उक्त गित को छायांकन अमित बिकलेले गरेका छन ।
भिडियो अछामको बान्नीगढी गाउपालीका १ गाज्रामा लाग्ने मेलामै छायांकन गरिएको छ । लोक देउडा गायक सुनारले प्रवासमा रहेर पनि आफ्नो देउडा कला संस्कृतीको जर्गेनाको लागी लागीआफु लागीरहेको बताए । यसभन्दा अघि पनि उने बिभिन्न गितहरु बजारमा ल्याईसकेको बताउदै उनले भने यो गितले अछामको प्रशिद्ध मेला डौठेगडाको प्रचार प्रसारमा टेवा पुग्ने बिस्वास ब्याक्त गरे ।
आधा दर्जन बढि गित आफुले बजारमा ल्याई सकेको बताउदै सुनारले भने लगानी त गर्छौ तर असुल हुदैन । हाल भारतको पुणेमा बस्दै आएका सुनारले अझै आफना गितहरु तयारीमा रहेको बताए । उनले आफनो उक्त सृजनालाई माया गरिदिन आग्रह समेत गरे । भिडियो
https://youtu.be/rPNn7sXSxCU?si=FW1uMt0ctEZ26eaj
प्रतिकृया दिनुहोस