धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ ।
प्रदेश सभाको दोस्रो बैठक आज दिउसो १ बजे बैठक आह्वान गरिएको हो ।
प्रदेश सभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धि बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूचि रहेको छ ।
यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो । संघिय सरकारको ऐनसंग बाझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताए ।
विधेयक अधिवेशन मानिएपनि नयाँ ऐनहरू सचिवालयमा दर्ता भएका छैनन्।
प्रतिकृया दिनुहोस