मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग पाइनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकारी कार्यमा संलग्न भइने छ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ । धार्मिक यात्राको योग छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमाइलो यात्रा रहने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घर परिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला ।
प्रतिकृया दिनुहोस