आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

छिनोफानो   मङ्गलबार २०, चैत २०८० ०१:३९

काठमाण्डौ –  इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

यो सिजन बेंगलुरुले ३ खेलमा दुई हार ब्यहोरेको छ भने लखनउले २ खेल खेल्दा एकमा जित र अर्कोमा पराजित भएको छ । बेंगलुरु चेन्नई र कोलकातासँग पराजित हुँदा पञ्जावलाई हराएको थियो । त्यस्तै लखनउ राजस्थानसँग हारेको थियो । उसले पञ्जावलाई हराएको थियो । लखनउ अङ्क तालिकाको छैठौँ र बेंगलुरु नवौँ स्थानमा छ ।

गएराति भएको खेलमा मुम्बई इन्डियन्स्ले लगातार तेस्रो हार ब्यहोरेको छ । राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो । पाँच पटकको उपाधि विजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अङ्क छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु