कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्राे स्थानमा

छिनोफानो   सोमबार १७, मङि्सर २०८१ ०२:४३

काठमाण्डौ – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेकाे छ ।

निर्वाचन आयाेगकाे पछिल्लाे विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गाेलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । डङ्गाेल नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरभन्दा ५ सय १४ मतले अघि हुनुहुन्छ । एमालेका मानन्धरले १ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले १ हजार १ सय ८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले ४ सय १८ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु