धनगढी । नेपाली कम्युनिस्ट पार्टीबाट दुई पटक समानुपातिक उम्मेदवार बनेकी मोतीकला चलाउनेलाई नेकपाले बन्द सूचिबाटै वञ्चित गरेको छ । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट सहिद परिवारको प्रतिनिधित्व गर्दै तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट लगातार दुई पटक समानुपातिक उम्मेदवार बनेकी चलाउने यस पटक भने बन्द सूचिबाटै बाहिरिएकी हुन ।
आफू दुई पटक समानुपातिक बन्द सूचिमा परेको भए पनि यो पटक पार्टीले आफू माथि अन्याय गरेको चलाउनेको गुनासो रहेको छ । आफूले सहिद परिवार भएको भन्दै यसको ब्याज लिन नखोजेको बताउँदै नेतृ चलाउने भनिन“पार्टीले मेरो पार्टी भित्रको योगदानको कदर गरेन यसमा दुःख लागेको छ ।
आफूले रात न भनेर पार्टीमा खटिरहँदा र आफू तत्कालीन सहिद परिवारको सदस्य समेत रहेको अवस्थामा पार्टीले गरेको निर्णय विरुद्ध आफ्नो आन्तरिक सङ्घर्ष जारी रहने उनले बताईन । आफुसले गरेको सङ्घर्ष,पुराना योगदान, र भावनात्मक समर्पणलाई नजरअन्दाज गर्नु केवल राजनीतिक छलछाम मात्र नभई त सहिद परिवारप्रति गरिएको मौन अपमान भएको उनले बताईन ।
चलाउने अछाम जिल्लामा पार्टी सङ्गठन विस्तार, महिला आन्दोलन र सहिद परिवारको हकहितका सवालमा सक्रिय भूमिकामा रहँदै आएकी नेतृ हुँदा पनि पार्टीले उनको मूल्याङ्कन नगरेको नेकपा निकट नेताहरू बताउँछन् । प्राय नेताहरूले चलाउनेलाई बन्द सूचिमै नराख्नु दुःख रहेको भन्दै सामाजिक सञ्जालमा पार्टीको आलोचना समेत गरेका छन ।
प्रतिकृया दिनुहोस