करिब दुई महिना पछि मङ्गलसैनमा प्रशासकीय अधिकृत खटाइयो

छिनोफानो   बिहिबार २२, फागुन २०८१ ०८:१०

अछाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको मंगलसेन नगरपालिकामा प्रमख प्रशासकीय अधिकृतलाई खटाएको छ ।

मन्त्रालयको बुधबारको निर्णयाअनुसार मंगलसेनमा गेहेन्द्र बहादुर डाँगीलाई प्रमख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो ।योसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको जिम्मेवारी रद्ध गरेपछि मंगलसेन नगरपालिकाले डेढ महिनापछि हाकिम पाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सोडारीलाई माघ ९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट हटाएको थियो । त्यस यता मंगलसेन नगरपालिकामा आर्थिक तथा प्रशासनिक गतिविधि ठप्प थिए ।

डाँगी यसअघि तुल्सीपुर उपमहानगरपालिका, दाङमा कार्यरत थिए । यता मंगलसेनमा मन्त्रालयले प्रमख प्रशासकीय अधिकृत खटाउँदा चौरपाटी गाउँपालिका भने अझै निमित्तको भरमा छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु