घोडाघोडीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न

छिनोफानो   शनिबार ०७, चैत २०८२ ०७:११

कैलाली :  कैलालीको घोडाघोडी नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शिक्षक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ। 
शनिवार घोडाघोडीमा रहेको संस्थागत विद्यालयहरुको  क्लस्टर कमिटिको आयोजनामा नगरपालिका–१ स्थित न्यू स्टार इंग्लिस बोर्डिङ स्कुल परिसरमा नगरभित्रका २२ वटा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उल्लेखनीय सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना भएको हो। 


शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि, आधुनिक तथा प्रभावकारी शिक्षण विधिको प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रिया, र शैक्षिक उपलब्धि सुधारका उपायहरूबारे शिक्षकहरुलाइ प्रशिक्षण प्रदान गरिएको क्लस्टरका अध्यक्ष रवि आचार्यले बताए।
उनले विशेषगरी, कक्षा कोठामा प्रयोग गर्न सकिने नवीन शिक्षण प्रविधि, विद्यार्थीको रुचि र क्षमताअनुसार सिकाइ गर्ने तरिकाबारे सहभागी शिक्षकहरुलाइ प्रशिक्षण गरेको बताए। त्यस्तै सल्लाहकार संयोजक पि.आर. भण्डारीले अभिमुखिकरण कार्यक्रमले विद्यालयको नियमित मूल्यांकन प्रणालीलाई व्यवस्थित बनाउने उपाय तथा नमुना प्रश्नपत्र निर्माण गर्ने प्रक्रियामा केन्द्रित भएको बताएका हुन ।  यसले शिक्षकहरुलाई पाठ्यक्रमअनुसार गुणस्तरीय प्रश्न निर्माण गर्न र विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न सहज हुने भण्डारीले जानकारी दिए। 
त्यस्तै कमिटिका सदस्य सल्लाहकार मन रावलले शिक्षकहरुले यस्ता अभिमुखिकरण कार्यक्रमले आफ्नो शिक्षण शैलीमा सुधार ल्याउने, कक्षा व्यवस्थापन गर्न अझ प्रभावकारी बनाउने र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरेको बताए। 
उनले यस्ता कार्यले विद्यालयहरुबीच सहकार्य, अनुभव आदानप्रदान र साझा सिकाइको वातावरण समेत निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। 
कार्यक्रममा नेपालीमा मन रावल,अङ्ग्रेजी रबि आचार्य, स्वास्थ्यमा पि.आर. भण्डारी,सामाजिकमा रघुनाथ चौधरी,विज्ञानमा अमर चौधरी , गणित मा कुलप्रसाद भट्ट र कम्प्युटरमा युवराज बम ले प्रशिक्षण दिएका थिए। 
यस प्रकारका  गतिविधिले संस्थागत विद्यालयहरुबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै समग्र शैक्षिक गुणस्तर उकास्न मद्दत पुग्ने विश्वास लिइएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु