दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिकृया दिनुहोस