लागूऔषधसहित दुई जना पक्राउ

छिनोफानो   शुक्रबार ३०, फागुन २०८१ ०९:१०

धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डमा भे ८ प २५०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषधसहित चालक टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपालीसहित दुई जना पक्राउ परेका हुन्।

दुबै जनालाई स्पासनेस लेखेको दुई सय चालिस वटा लागूऔषध क्याप्सुल फेला पारी उक्त क्याप्सुल, मोटरसाईकल र दुवै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु