सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनोटमा प्रमुख राजनीतिक दलहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।
श्री कृष्ण रत्न गंगा मा विमा आज हुने विव्यस छनोटमा पार्टी निकटका उम्मेदवारलाई जिताउनका लागि प्रमुख राजनीतिक दलहरुले विज्ञप्ति निकालेर सबै मतदाताहरुलाई अनुरोध समेत गरेका छन् ।
विव्यस छनोटमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका निमेश श्रेष्ठ अध्यक्षको उम्मेदवार भएका छन् । त्यस्तै माओवादी केन्द्र र समाजवादीको दलको तर्फबाट इश्वरीप्रसाद श्रेष्ठ अध्यक्षको उम्मेदवार भएका छन् ।
एमाले र कांग्रेसबाट अध्यक्षमा उम्मेदवार भएका निमेश श्रेष्ठको प्यानलबाट सदस्यहरुमा विन्दा पुरी,निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ उम्मेदवार रहेका छन् । त्यस्तै माओवादी र समाजवादीबाट उमेदवार भएका इश्वरीप्रसाद श्रेष्ठको प्यानलबाट सदस्यहरुमा राजन बुढाथोकी,लक्ष्मी श्रेष्ठ र निर्मला श्रेष्ठ रहेका छन् ।
एमाले निकट निमेश श्रेष्ठलाई कांग्रेसको सहयोग रहेको छ । माओवादी र समाजवादीको सहयोगमा अध्यक्षमा उमेदवारी दिइएका इश्वरी प्रसाद श्रेष्ठ पनि एमाले कै नेता हुन् ।
विव्यस छनोटमा एमालेबाटै दुई जना उम्मेदवार भएपछि एमाले नेताहरु समेत बिभाजीत भएका छन् । एमालेको आधिकारीक उम्मेदवार निमेश श्रेष्ठ भएको नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस