एमालेले नेतृत्व परिवर्तन नगरे कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जान्छ: जगन्नाथ खतिवडा

छिनोफानो   शनिबार ०१, चैत २०८१ ११:०९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले एमालेले नेतृत्व परिवर्तन गर्न नसके कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जाने टिप्पणी गरेका छन् ।

पार्टीको आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केपी ओलीको पार्टी र सरकार सञ्चालन गर्ने पद्धतिले एमालेलाई ओरालो यात्रामा लगिरहेको बताए ।

ओलीको चिन्तन, तर्क र अर्कासँगको व्यवहार कम्युनिष्ट आन्दोलनको लागि घातक बन्दै गइरहेको उनको भनाइ छ । 

उनले अहिले माओवादीसँग एकता गर्ने पार्टीको कुनै तयारी नभएको पनि प्रस्ट पारे ।

नेता खतिवडाले समाजवादी मोर्चा र पार्टीको कार्यक्रम अलगअलग रुपमा अगाडि बढिरहेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु