कैलालीको भासु भीरमा कार दुर्घटना

छिनोफानो   आइतबार ०२, चैत २०८१ ०१:४२

धनगढी । कैलालीको भासु भीरमा कार दुर्घटना भएको छ । चुरे गाउँपालिका-५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुपप्र ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका-२ बस्ने २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ । उनको अत्तरियामा उपचार भइरहेको छ । कार चालक नगरपालिका-२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहितका कारमा सवार अन्य तीन जना भने सकुशल छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु