आईजीपी नियुक्तिको अन्तिम गृहकार्यः दिपक थापाको नाममा सहमति हुँदै

छिनोफानो   आइतबार ०२, चैत २०८१ ०१:५८

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य थालेको छ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच यस विषयमा छलफल चलिरहेको छ।

नयाँ आइजीपी नियुक्तिका लागि सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाउने तयारी छ । जसकारण प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच आइतबार नै सहमति हुने सम्भावना छ ।

विगतमा जस्तो यसपटक आईजीपी चयनमा यसपटक तिव्र टक्कर छैन । अरुभन्दा एक महिना सिनियर भएकोले दिपक थापाकै नाममा सहमतिको सम्भावना भइरहेको स्रोत बताउँछ ।

यद्यपी अन्य प्रतिस्पर्धी एआइजीद्वय सुदिप गिरी र टेकबहादुर तामाङले पनि दोस्रो तहका नेतामार्फत शीर्ष नेतालाई प्रभाव पार्ने प्रयास गरिरहेका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायत पाँच एआइजी र तीन डीआइजीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

उनीहरुको सोमबार अपरान्ह बिदाईको तयारी प्रहरी प्रधान कार्यालयले अघि बढाइसकेको छ । बिदाईका लागि नयाँ आईजीपी चाहिने भएकाले सोमबार बिहान वा दिउँसो नै मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।

सिनियर हुनुका साथै कांग्रेस र एमाले दुवै दलका शिर्ष नेतासँग राम्रो सम्बन्ध भएकाले थापालाई नै नयाँ आईजीपीमा मुख्य दाबेदार मानिएको हो ।

कार्यक्षमता र अनुभवका हिसाबले पनि उनी नै अगाडि देखिएकाले कुनै आश्चर्यजनक घटनाक्रम विकसित नभएमा उनलाई नै आइजीपी बनाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । अहिलेकै कानुनी प्रावधानअनुसार नयाँ आइजीपीले २०८२ को भदौ १८ सम्म कार्यभार सम्हाल्नेछन्।

onlinenepal

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु