कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

छिनोफानो   बिहिबार १२, चैत २०८२ ०८:३२

कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका लाखौं मूल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क, दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज र बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रबाट अन्दाजी रु. ३ लाख ४७ हजार ४५९ बराबरका विभिन्न सामानहरू फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका चिनी, पेय पदार्थ, सुर्ति, थान कपडा, जुत्ता, चप्पल, कट्टु तथा हार्डवेयर लगायतका सामानहरू बरामद गरेको हो।

बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु