अछाम । नेकपा एमाले अछामको बहु प्रतीक्षित ९ औँ जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मङ्गलसेनमा हुदैछ । सुदूरपश्चिम प्रदेशका अन्य ८ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन । पार्टीको अधिवेशन नजिक आए सँगै नेताहरू विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन ।
एमाले अछामको अध्यक्षको लागी हाल सम्म ७ जनाले आकांक्ष राखेका छन भने सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सचिव र उप सचिवका लागी समेत धेर्रै आकाङ्क्षी रहेको एमाले अछामका एक नेता बताउँछन् । नेकपा एमाले अछामको उपसचिवको लागि युवा नेता सिद्ध प्रसाद ढुङ्गानाको सशक्त दाबी रहेको बताएका छन । गत अधिवेशनमा जिल्ला कमिटी सदस्यमा लोकप्रिय मतका साथ विजयी भएका ढुङ्गानाले आफ्नो उपसचिवका लागि सशक्त दाबी रहेको बताए ।
उनले भने “सहमति मै नेतृत्व चयन भएमा पनि म उपसचिवको लागी योग्य छु ।”म सहमति मै जिल्ला कमिटी गठन होस भन्ने चाहन्छु तर सहमति या निर्वाचन को अवस्था जे सुकै भए पनि आफ्नो दाबी उप सचिवको लागी रहेको र आफू यस अडान बाट पछि नहट्ने उनले बताए । को हुन ? युवा नेता ढुङ्गाना
विद्यार्थी राजनीतिबाट सुरु गरेका ढुङ्गानाले अछामका विकास निर्माणका बिषयमा केन्द्र सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदै आयका छन । स्वास्थ्यकर्मी समेत रहेका उनि स्वास्थ्यकर्मी सघका केन्द्रिय सचिव समेत रहेकाछन । ढुङ्गानाले अछाम दरबार, कमलबजार अस्पताल, अछाम जिल्ला अस्पताल, बयलपाटा अस्पतालबारे केद्र सरकारलाई ध्यानकर्षण गराउदै आएका छन । । युवाहरूको माझमा लोक प्रिय काम गर्दै लोक प्रिय बनेका ढुङ्गानाले अन्याय, अत्याचार,भ्रष्ट्राचार बिषयमा पटक पटक खबरदारी समेत गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस