आज २०८२ साल चैत ९ गतेको राशिफल

छिनोफानो   सोमबार ०९, चैत २०८२ ०५:३४

आज २०८२ साल चैत ९ गते सोमबार चैत शुक्ल पक्षको पञ्चमी तिथि तदनुसार सन् २०२६ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  :

दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

वृष  

 शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा भने सचेत बन्नु उचित हुन्छ । आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने समय छ ।   आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।


मिथुन  

दिन धेरै राम्रो छ । नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।

कर्कट  

 दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ ।


सिंह  

 दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ ।

कन्या  

 दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।

तुला  स् दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

वृश्चिक  

 दिन सामान्य सहज छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।

धनु  

 दिन राम्रो छ ।  आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ ।

मकर  

 दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ  

काममा उर्जा मिल्ने छ । धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।

मीन  

 सम्पत्ति प्राप्त हुने दिन छ । नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु