मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउने छ । खानपिनमा सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला साहित्य तथा संगीतमा रुचि बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना समस्यामा अल्झनु पर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पनि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
प्रतिकृया दिनुहोस