गाजामा स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक : विश्व स्वास्थ्य सङ्गठन

छिनोफानो   शुक्रबार ०८, कार्तिक २०८२ ११:२७

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजामा भएका आक्रमणबाट अस्पतालसहित स्वास्थ्यका संरचनासमेत निशानामा परेका बताउनुभयो ।

उहाँका अनुसार अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ । आक्रमणबाट खण्डहर बनेको गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच दुई हप्ताअघि युद्धविराम र बन्धक साटासाटको सम्झौतामा सहमति भएको थियो । सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही थालेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु