क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ । उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र कम्तिमा २५ जना घाइते भएका रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर रिजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ ।
अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको मन्त्री क्रिगरले बताएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।
प्रतिकृया दिनुहोस