धनगढी : बाजुरामा ढुङ्गाले हानेर एक युवकको हत्या गरिएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहार गरेर एक जनाको हत्या गरिएको हो।
सोमवार साँझ ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार ४० वर्षीय धनबहादुर महतरा र उनका छोराले बुढाको हत्या गरिएको आरोप स्थानीयले लगाएका छन्। बुढाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय, बाजुराले अस्थायी प्रहरी पोस्ट मुक्तिकोटबाट टोली गएको बताएको छ। प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको बताएको छ।
प्रतिकृया दिनुहोस