नेपाल सरकारले पश्चिम एशियामा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।
परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा, अवस्था र आवश्यक परेको खण्डमा उद्धारका लागि उच्चस्तरीय संयन्त्र परिचालन गरी कूटनीतिक पहललाई तिब्र बनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि परराष्ट्र सचिवको संयोजकत्वमा गठित आपतकालीन प्रतिक्रिया टोलीले सक्रिय रूपमा काम गरिरहेको बताउनु भयो ।
सरकारले खाडी क्षेत्रमा रहेका अधिकांश नेपालीहरू सुरक्षित रहेको दाबी समेत गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले नेपालीहरूको अवस्था बुझ्न मन्त्रालयमा आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको बताउनु भयो ।
त्यस्तै, कन्सुलर सेवा विभागले अनलाइन फारमको व्यवस्था गरेको र हालसम्म करिव ७५ हजार नेपालीले फारम भरेर आफ्नो अवस्थाबारे जानकारी गराएको उहाले बताउनु भयो ।
प्रतिकृया दिनुहोस