कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा फरार २ जना पक्राउ

छिनोफानो   मङ्गलबार ०३, चैत २०८२ ०८:४१

कञ्चनपुरः कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौड बस्ने २४ वर्षीय जीवन राज भट्ट र सोही ठाउँ बस्ने २२ वर्षीय शुनिल धामी रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ मंसिर ६ गतेको फैसलाले सामूहिक जबरजस्ती करणी मुद्दामा १/१ महिना कैद सजाय र सात/सात हजार जरिबाना तोकिएपछि दुबै जना फरार रहेका थिए। दुबै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनीहरूकै घरबाट पक्राउ गरेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु