कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०७:५६

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ ।

नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ ।

संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् ।

महामन्त्री शशाङ्क कोइरालाले पनि वरिष्ठ नेता पौडेलका लागि मात्रै आफूले दाबी छाड्ने बताउनुभएको छ । नेता विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । संस्थापन समूहमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले पनि चुनौती दिएको छैन ।

पौडेल समूहले उम्मेदवारीलाई अन्तिम रुप दिएपछि आफ्नो समूह घोषणा गर्ने देउवाको तयारी छ । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि देउवालाई पनि उम्मेदवार छान्न सकस भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु