जल तथा मौसम विज्ञान विभागले आगामी तीनदिनको मौसम अवस्थाको पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन।
दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली रहनेछ।
२०७८ पौष ६ गते (मंगलबार)
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
२०७८ पौष ७ गते (बुधबार)
दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिकृया दिनुहोस