प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै

छिनोफानो   बुधबार २०, असोज २०७८ ०१:०८

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ ।

सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु