अत्तरियाबाट लागूऔषध सहित ३ युवक पक्राउ

छिनोफानो   बुधबार ०९, जेठ २०८१ ०१:४५

धनगढि ।  कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोइन सहित ३ युवक पक्राउ परेका छन । मंगलबार गोदावरी नगरपालिका – १ धनगढी रोड कृष्ण मार्केट गेट नजिकै पैदल हिंडिरहेका ३ युवकलाई चेकजाँच गर्दा लागु औषध खैरो हेरोइन बरामद गरिएको हो ।

तिनै जना युवाहरुलाई शंका लागि चेकजांच गर्दा खैरो रङ्गको झोलाको खल्तीमा कालो पलाष्टिकले बेरेको अवस्थामा १ दशमलव १०० लागूऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सोही झोलाबाट प्रहरीले लागुऔषध नाईट्राभेट ट्याब्लेट ७ थान र मोबाईल २ थान बरामद गरेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु