बैतडीको पाटनका बिष्टको हत्या : फरार पहरी जंगलमा भेटिए, पक्राउ पर्ने ५ जना पुगे

छिनोफानो   सोमबार २४, असार २०८१ ११:०२

धनगढी । बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट,पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले आइतबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए । सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो ।

डीएसपी गिरीकाअनुसार पाँच जना अभियुक्त मध्ये ३६ वर्षीया भागरथी बिष्टलाई जिल्ला कारागार डडेल्धुरा र १७ वर्षीय किशोर भट्टराईलाई बाल सुधार गृह दिपायलमा पठाइएको छ भने अन्य तीन जनालाई बैतडी कारागारमा राखिएको छ ।

गत १ असारको रातिदेखि बेपत्ता भएको ट्रक चालक समेत रहेका बिष्टको शव तीन दिनपछि विभत्स हत्या गरेर फालिएको अवस्थामा पाटन नगरपालिकाकै पाटन–पञ्चेश्वर सडकखण्डको घाङल खोलामा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बिष्ट बुहारी नाता पर्ने शिक्षिका भागरथीको घरबाट हराएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको थियो । बिष्टकै बयानका आधारमा उनको शव फेला परेको थियो । मृतक नातामा उनका कान्छा ससुरा पर्ने भएपनि उनीहरुबीच अनैतिक सम्बन्ध रहेको थियो ।

घटना भएको दिन भागरथीको घरमा अभियुक्त मध्येका दुई जना भएका बेला उनी प्रवेश गरेपछि विवाद हुँदा हत्याको अवस्था सिर्जना भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु