कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाका शिशुको मृत्यु

छिनोफानो   सोमबार २४, असार २०८१ ११:०६

धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाका शिशुको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु बेडबाट भुँइमा खसेको बताए । भुँइमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु