कञ्चनपुरमा तीन किशोरी नदीमा डुबेर बेपत्ता

छिनोफानो   सोमबार २४, असार २०८१ ०२:३६

कैलाली । कञ्चनपरमा नदीमा डुबेर तीन किशोरी बेपत्ता भएका छन् ।

जिल्लाको पुनर्वास- ५ का लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटी बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

वेपत्ता किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु