एमाले सचिवालय बैठक बस्दै

छिनोफानो   बुधबार २६, असार २०८१ १०:०१

काठमाडौं ।   नेकपा (एमाले) को सचिवालय बैठक आज विहान ११ बजे बस्दैछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, वार्षिक कार्ययोजना, नेताहरुको कार्यविभाजन र सरकार गठनबारेमा केन्द्रित भएर छलफल हुने प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र एमालेबिच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने दुई दलविच सहमति भएको छ । दुई दलविच भएको सहमतिका विषयमा समेत सचिवालयमा छलफल हुने विष्टले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु