कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

छिनोफानो   बुधबार २६, असार २०८१ १०:३७

धनगढी।  कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

गए राति करिब पौने १० बजे राना नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु