करेन्ट लागेर मकवानपुरमा एक युवकको मृत्यु

छिनोफानो   बुधबार २६, असार २०८१ १०:५८

हेटौंडा ।  करेन्ट लागेर मंगलबार राति एक युवकको मृत्यु भएको  छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो  ।स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युत्को पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेर मुचुल्का मंगलबार राति नै उठाएर पोस्टमार्टमका लागि शव बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु