बाढीले बगाएर एक बालिकाको मृत्यु

छिनोफानो   बिहिबार २७, असार २०८१ ११:०१

 

काठमाडौं । मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ। 

बुधबार दिउँसो मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१८ कि १० वर्षीया रसमती बललाई बरौली खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ। 

उनी खेतमा गएकी र बाढी आएको हेर्न जाँदा खोलाले बगाएको प्रहरीको भनाइ छ। उनको शव घटनास्थलबाट आधा किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु